गण्डकी प्रदेश सरकार

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र तनहुँ

रणनीति तथा कार्यनीति

१. १ पशुपन्छी  जन्य  तथा मत्स्य जन्य  खाद्यवस्तुको उत्पादन र उत्पादकत्वमा बृद्धि गरि आत्मनिर्भर बनाउने ।

  • पशुपन्छी तथा मत्स्य सम्बन्धि प्रदेशिक नीति तर्जुमा तथा कार्यान्वयन ।
  • एक पालिका एक पशुपंक्षी/मत्स्य उत्पादनमा जोड ।
  • एक जिल्ला एक घाँसेवाली स्रोत केन्द्र स्थापना ।
  • पशुपन्छीको नश्ल सुधार, पाडापाडी तथा बाच्छाबाच्छी हुर्काउने,पौष्टिक दाना आहाराको व्यवस्था, पशुपन्छी स्वास्थ्य सेवा एकीकृत रूपमा प्रदान गर्ने।

१.२ पशुपन्छीजन्य तथा मत्स्यजन्य उत्पादनमा वृद्धि गरि व्यवसायिकरण र विविधिकरणको माध्यमबाट निर्यात प्रबर्द्धन गर्ने ।

  • दुध, मासु, छाला जस्ता उच्च मूल्यका निर्यातमूलक पशुपन्छीजन्य पदार्थ पहिचान गरी मूल्य श्रृङ्खलामा आधारित उद्योग प्रवद्र्धन गर्ने ।
  • पशुपन्छी तथा मत्स्यजन्य उत्पादन देखि बजारिकरणसम्मको मुल्य श्रृंखलाका हरेक विन्दुहरुमा पशु कल्याणका आधारभुत अवधारणा अवलम्बन गर्ने।
  • सम्भावित पशुजन्य उत्पादनहरूको पहिचान एवम् उत्पादन वृद्धि गरी उक्त उत्पादनको ब्रान्ड प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गरिनेछ।

२.१ पशुपन्छीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न एकीकृतरूपमा अध्ययन अनुसन्धानमा आधारित प्रविधि, प्राविधिक, वित्तीय तथा अन्य सेवा उपलब्ध गराउने तथा यान्त्रिकरणमा जोड दिने।

  • पशुपन्छी विशेष उत्पादन क्षेत्र’ तोकी  त्यस्ता क्षेत्रमा आवश्यक पूर्वाधारको विकास गरी उन्नतनस्ल, पशुआहारा, पशुसेवा, पशुस्वास्थ्य, सुलभऋृण, बिमा सहितको प्राविधिक सेवा प्रदान ।
  • चरन खर्कको वहन क्षमता (carrying capacity)मा अभिवृद्धि गरिने तथा हैसियत विग्रेका वनको वन संगको सहकार्यमा स्तरोन्नती गर्ने तथा बाँझो जग्गामा घाँस खेती।
  • पशुपन्छी तथा मत्स्य पालन व्यवसायलाई प्रविधियुक्त र प्रतिस्पर्धी बनाउनको लागि अनुसन्धान र विकासको पाटोमा जोडदिनका लागि नार्क, नाष्ट, विश्वविद्यालय र प्रदेश मन्त्रालय  तथा अन्तरगतका निकाय बीच समन्वय गरी उन्नत प्रविधिको प्रयोग तथा प्रसार।
  • जैविक विविधताको  संरक्षण, संवर्द्धन तथा सदुपयोग गर्दै जलवायु परिवर्तनका असरन्यूनीकरण तथा अनुकुलनका लागि अनुसन्धानमा आधारित वातावरणमैत्री (Climate Smart) प्रविधिको विकास र विस्तार ।
  • स्थानिय नश्लका पशुपन्छीहरुको अनुसन्धानमा आधारित नश्ल सुधार कार्यक्रम कार्यान्वयन गरी उत्पादन र उत्पादकत्व अभिबृद्दि गर्ने ।
  • पशुपन्छी उत्पादन साम्रगी तथा उत्पादनको गुणस्तर नियमन गर्न आवश्यक कार्यविधि, निर्देशिका र मापदण्ड तयार गरि नियमन गरिनेछ।

२.२ पशुपन्छीजन्य उत्पादनको मूल्य श्रृङ्खला सुधार, बजार संरचना, सूचना प्रणाली र अन्य पूर्वाधारको विकास तथा सुधार गर्ने ।

  • निजी तथा सहकारी क्षेत्रको संलग्नता बढाउँदै करार सम्झौतामा आधारित पशुपालन व्यवसायलाई प्राथमिकता दिई मूल्य श्रृङ्खला पद्धति अनुसार उत्पादनदेखि बजारीकरणसम्मका कार्यक्रमहरू एकीकृत रूपमा सञ्चालन गर्ने ।
  • सञ्चालनमा रहेका सरकारी पशुपन्छी फार्मको चुस्त प्रविधियुक्त व्यवस्थापन सहित स्तरोन्नति गर्दै लाने साथै पशुपन्छीको जात विशेष नमुना उत्पादन, तालिम, प्रशोधन र प्रदर्शन स्रोत केन्द्रहरुको विकास गरिनेछ।
  • मानव संशाधन तथा क्षमता अभिवृद्धि विकास कार्यक्रमको अवधरणा अवलम्बन गर्ने ।
  • अनुत्पादक पशुका हकमा गौशाला स्थापना गर्न सरोकारवाला संघ संस्था तथा स्थानीय तह संग सहकार्य गर्ने।

३.१ पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा निजी, सहकारी तथा सरकारी क्षेत्रको लगानी अभिबृद्धि गर्ने।

  • पशुपन्छि तथा मत्स्यपालन क्षेत्रमा निजि, सहकारी तथा सरकारी क्षेत्रको लगानी अभिबृद्धि नीति तथा कार्यक्रम लागू गर्ने ।
  •  पशुपन्छी तथा मत्स्य पालन क्षेत्रको  विकासको लागि उन्नत वैदेशिक प्रविधि तथा लगानी भित्र्याउने आवश्यक नीति अपनाउने ।
  • स्थानीय सरकारसँग पशुपन्छि तथा मत्स्यपालन क्षेत्रको विकासको लागि उचित बजेट विनियोजन गर्नको लागि सहकार्य एवं समन्वय गर्ने ।

३.२ पशुपन्छी तथा मत्स्यपालनलाई महिला, युवा तथा सबै आर्थिक, भौगोलिक र सामाजिक वर्गको स्वरोजगारको रुपमा विकास गर्न विशेष कार्यक्रमा संचालन गर्ने।

  • "प्रदेश सरकारको आह्वान, व्यवसायिक पशुपालनमा यूवा कृषकहरुको योगदान" नाराको साथ यूवाहरुलाई विदेश जानबाट रोक्ने तथा पशुपालनमा आकर्षण गर्ने विशेष कार्यक्रमको व्यवस्था गर्ने ।
  • पशुपन्छी पालनमा बढ्दो युवा तथा महिला सहभागितालाई दृष्टिगत गर्दै साना तथा व्यावसायिक युवा तथा महिलामुखी तालिम तथा स्वरोजगारमुलक कार्यक्रम सञ्चालनमा ल्याउने ।

४.१ पशुपन्छि तथा मत्स्यजन्य बस्तुहरुको उपभोगबाट हुने जनस्वास्थ्यमा हुने क्षतिको न्युनिकरण गर्ने

  • जुनोटिक तथा महामारी जन्य रोगहरुको नियन्त्रण तथा रोकथामको लागि सरोकारवालाहरुको समन्वयमा “ एक स्वास्थ्य” नीति अवलम्बन गर्ने ।
  • जुनोटिक रोगहरूको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन व्यापक जनचेतना अभिवृद्धिका लागि स्थानिय तहको साझेदारीमा प्रत्येक पालिकामा कार्यारत प्राविधिकहरुको क्षमता अभिबृद्दि गर्ने ।
  • पूर्वमा मुग्लिंग र पश्चिममा राम्दिमा पशुपंक्षि गुणस्तर नियमन चेकपोष्ट स्थापना गरिनेछ ।
  • पशुपन्छीका विद्यमान महामारीजन्य रोगहरु विरुद्द बृहत खोप कार्यक्रम संचालन गरनेछ ।

४.२ स्वस्थ्य पशुपन्छि तथा मत्स्य जन्य खाद्य बस्तुहरु उपभोक्ता सम्म पुर्याउन आवश्यक नीति बनाई स्थानीय तह सम्म लागू गर्ने।

  • स्वच्छतालाई कायम राख्न‘ बधशाला देखि भान्छा सम्म स्वच्छ र स्वस्थ मासु तथा गोठ देखि ओठ सम्म स्वच्छ र स्वस्थ दूध’ कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गर्ने।
  • पशुपन्छी तथा मत्स्यजन्य रोगहरुको रोकथाम,उपचार तथा फिड सप्लिमेन्टको रुपमा प्रयोग गरिने ‌औषधीलाई नियमन तथा व्यवस्थित गर्ने।
  • पशुपन्छी उत्पादन साम्रगी तथा उत्पादनको गुणस्तर नियमन गर्न आवश्यक कार्यविधि, निर्देशिका र मापदण्ड तयार गरी कार्यान्वयन गर्ने।