- स्वच्छ एवम् गुणस्तरीय पशुपन्छी तथा मत्स्यजन्य उत्पादनमा जिल्लालार्इ आत्मनिर्भर बनार्इ खाद्य तथा पोषण सुरक्षणमा सहयोग गर्ने।
- पशुपन्छी जन्य तथा मत्स्य जन्य उत्पादनमा आत्मनिर्भर बनार्इ निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन गर्ने।
- पशुपन्छी तथा मत्स्यपालन व्यवसायलाई अध्ययन अनुसन्धानमा आधारित, वातावरणमैत्री, प्रविधियुक्त, परिणाममुखी, व्यावसायिक र प्रतिस्पर्धी बनाउने।
- पशुपन्छी तथा मत्स्यपालनलाई महिला, युवा तथा सबै आर्थिक, भौगोलिक र सामाजिक वर्गको स्वरोजगारको माध्यमका रूपमा विकसित गर्दै आयआर्जनको दिगो स्रोतको रूपमा विकास गर्ने।
- पशुपन्छी, माछा र पशुपन्छी जन्य तथा मत्स्य जन्य पदार्थवाट मानव स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असर न्यूनीकरण गर्ने ।