ताजा जानकारी :
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रदेश सरकार, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश अन्तरगत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मातहतमा रही पशु विकास कार्यक्रम सञ्चालन गर्ने कार्यालय हो । वि.स. २०६२/६३ को जनआन्दोलनले संबैधानिक राजतन्त्रलाई विस्थापित गरी मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रूपान्तरण भएको संविधान सभाबाट निर्मित संविधानले कानुनी रूपमा मुलुकलाई सङ्घीय संरचनामा रूपान्तरित गरेकोले सात वटा प्रदेशहरू कायम रहन गएको सन्दर्भमा गण्डकी प्रदेशको आर्थिक, सामाजिक तथा कृषि क्षेत्रको विकासमा सहकारी क्षेत्रलाई परिचालन गरी भूमिको प्रकृतिको आधारमा उपयोग गर्ने नीति लिई कृषि एवं पशुपन्छीजन्य उत्पादन एवं व्यावसायमा यान्त्रिकरण, व्यावसयिकरण, बजारीकरण र आधुनिकीकरणका माध्यमबाट प्रतिस्पर्धात्मक अवस्थाको सृजना गरी यस क्षेत्रको रुपान्तरण गर्दै रोजगारीको अवसर सृजना गर्ने लक्ष्यका साथ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको स्थापना मिति २०७४/१०/२२ गते भएको हो ।
... थप पढ्नुहोस्