प्रकाशित मिति : २०१९-०९-१७ (अद्यावधिक मित : २०२०-०६-१७)

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रदेश सरकार, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश अन्तरगत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय मातहतमा रही पशु विकास कार्यक्रम सञ्चालन गर्ने कार्यालय हो । वि.स. २०६२/६३ को जनआन्दोलनले संबैधानिक राजतन्त्रलाई विस्थापित गरी मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रूपान्तरण भएको संविधान सभाबाट निर्मित संविधानले कानुनी रूपमा मुलुकलाई सङ्घीय संरचनामा रूपान्तरित गरेकोले सात वटा प्रदेशहरू कायम रहन गएको सन्दर्भमा गण्डकी प्रदेशको आर्थिक, सामाजिक तथा कृषि क्षेत्रको विकासमा सहकारी क्षेत्रलाई परिचालन गरी भूमिको  प्रकृतिको आधारमा उपयोग गर्ने नीति लिई कृषि एवं पशुपन्छीजन्य उत्पादन एवं व्यावसायमा यान्त्रिकरण, व्यावसयिकरण, बजारीकरण र आधुनिकीकरणका माध्यमबाट प्रतिस्पर्धात्मक अवस्थाको सृजना गरी यस क्षेत्रको रुपान्तरण गर्दै रोजगारीको अवसर सृजना गर्ने लक्ष्यका साथ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको स्थापना मिति २०७४/१०/२२ गते भएको हो । यस मन्त्रालय मातहत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय रहेको छ र सोही मातहत यस विज्ञ केन्द्र साविक जिल्ला पशु सेवा कार्यालय, दमौली रहेको स्थान र संरचनामै मिति २०७५ साल भाद्र ६ गतेका दिन आन्तरिक मामिला तथा कानुन मन्त्री माननिय श्री हरि बहादुर चुमान ज्यूबाट औपचारिक रुपमा स्थापना भई कार्य संचालन गरि आएको छ ।यस कार्यालयको कार्य क्षेत्र हाललाई २ जिल्ला तनहुँ र नवलपरासी बर्दघाट सुस्ता पुर्व रहको छ ।यस केन्द्र अन्तरगत नवलपरासी बर्दघाट सुस्ता पुर्व कावासोतीमा सम्पर्क ईकाई स्थापना भई कार्य संचालन भई आएको छ । तनहुँ जिल्लामा १० तथा नवलपरासी बर्दघाट सुस्ता पुर्वमा ८ वटा गरी जम्मा १८ वटा स्थानिय तह यस केन्द्रको कार्यक्षेत्र रहेको छ । व्यवासायि पशुपन्छी तथा मत्स्य पालन लागि संभावनायुक्त रहेको यस केन्द्रको कार्यक्षेत्र भित्र  पशुजन्य पदार्थ दुध, फुल, माछा मासुमा आत्मनिर्भर बनाई निर्यात प्रवर्द्दनका लागि विविध कार्यक्रमहरू जस्तैः पशुको नश्ल सुधार, पशु आहारा विकास, पशु स्वास्थ्य संरक्षण, वैज्ञानिक प्रविधि र सीपको विकास, व्यवसायिकरण गरी पशु जन्यपदार्थको प्रशोधन तथा बजार ब्यबस्थापनका कार्यक्रमहरु सञ्चालनमा जोड दिई आएको छ । वातावरणीय र सामाजीक सन्तुलन कायम राख्दै ग्रामिण परिवारको खाद्य सुरक्षा, पोषण, आम्दानी र रोजगारी अभिवृद्धि गरी गरिबी न्यूनीकरण गर्न पशु उत्पादकत्व वृद्धि गरी  ग्रामीण जनतालाई आत्मानिर्भर र  सक्षम वनाऊने तर्फ  यस कार्यालय हरतरहले लागिपरिरहेको छ ।