प्रकाशित मिति : २०२०-०१-१७

• जिल्लाको पशुपन्क्षी तथा मत्स्यको तथ्याङ्क तथा डिजिज प्रोफाइल तयार गरी सम्बन्धित निकायमा रिपोर्टिङ तथा अध्यावधिक गर्ने।

• सङ्घिय तथा प्रादेशिक पशु पन्छी मत्स्य लगायतका कार्यक्रम तथा आयोजनाहरु संचालन गर्ने ।

• भेटेरिनरी औषधी पसल, मासु पसल, वधशाला, वधस्थल, दुधसंकलन/प्रसोधन केन्द्र तथा जैविक पदार्थ र दानाको गुणस्तर नियमन गर्ने ।

• स्थानिय तहमा कार्यरत कृषि प्राविधिक तथा व्यवसायिक कृषक उधमी,फर्म संचालकहरुलाई तालिम तथा क्षमता अभिबृद्धि गराउने ।

• पशु पन्छी तथा मत्स्य पकेट कार्यक्रम संचालन गर्न प्राविधिक सेवा उपलब्ध गराउने ।

• पशु पन्छी तथा मत्स्य उत्पादनलाई व्यवसायीकरण,यान्त्रीकरण तथा बजारीकरणमा प्रोत्साहान तथा सहजीकरण गर्ने ।

• पशु पन्छी रोग निदानका लागी प्रयोगशाला(प्याथोलोजिकल,पारासाइटोलोजीकल,माइक्रोबायोलोजीकल तथा बायोकेमेष्ट्री) र सर्जीकल सेवा प्रदान गर्ने ।
• पशु पन्छी नश्ल सुधार तथा स्थानिय पशु पन्छी स्वस्थान संरक्षण(Animal Genetic Resources-InSitu Conservation) कार्यक्रम संचालन गर्ने ।
• पशु पन्छी तथा माछाको स्वास्थ्य परिक्षण तथा उपचार गर्ने र आवश्यक परेको खण्डमा घुम्ती शिविर संचालन गर्ने । 
• जुनोटिक एवं महामारी रोगको रोकथाम नियन्त्रण एवं प्रकोप व्यवस्थापन गर्ने ।
• पशु प्रजनन संग  सम्बन्धित समस्याहरुको निराकरण गर्न विशेष कार्यक्रमहरु संचालन गर्ने ।
• पशु पन्छी बिमा सम्बन्धि योजना कार्यान्वयन गर्ने ।
• कार्यक्षेत्रमा देखा परेका चुनौतीहरुलाई सम्बोधन गर्ने ।
• किसानहरुलाई सुलभ ऋणको आपुर्तिका लागी वित्तिय संस्थाहरुसंग समन्वय गर्ने।
• पशु उत्पादन सामागीको उचित व्यवस्थापनको लागी सहयोग गर्ने ।
• सम्वन्धित प्राविधिकहरुको क्षमता अभिबृद्धि गर्न आवश्यक कार्यक्रम गर्ने ।