प्रकाशित मिति : २०२०-०२-०६ (अद्यावधिक मित : २०२०-०२-०६)

१. १ पशुपन्छी  जन्य  तथा मत्स्य जन्य  खाद्यवस्तुको उत्पादन  उत्पादकत्वमा बृद्धि गरि आत्मनिर्भर बनाउने ।

  • पशुपन्छी तथा मत्स्य सम्बन्धि प्रदेशिक नीति तर्जुमा तथा कार्यान्वयन ।
  • एक पालिका एक पशुपंक्षी/मत्स्य उत्पादनमा जोड ।
  • एक जिल्ला एक घाँसेवाली स्रोत केन्द्र स्थापना ।
  • पशुपन्छीको नश्ल सुधार, पाडापाडी तथा बाच्छाबाच्छी हुर्काउने,पौष्टिक दाना आहाराको व्यवस्था, पशुपन्छी स्वास्थ्य सेवा एकीकृत रूपमा प्रदान गर्ने।

१.२ पशुपन्छीजन्य तथा मत्स्यजन्य उत्पादनमा वृद्धि गरि व्यवसायिकरण र विविधिकरणको माध्यमबाट निर्यात प्रबर्द्धन गर्ने ।

  • दुध, मासु, छाला जस्ता उच्च मूल्यका निर्यातमूलक पशुपन्छीजन्य पदार्थ पहिचान गरी मूल्य श्रृङ्खलामा आधारित उद्योग प्रवद्र्धन गर्ने ।
  • पशुपन्छी तथा मत्स्यजन्य उत्पादन देखि बजारिकरणसम्मको मुल्य श्रृंखलाका हरेक विन्दुहरुमा पशु कल्याणका आधारभुत अवधारणा अवलम्बन गर्ने।
  • सम्भावित पशुजन्य उत्पादनहरूको पहिचान एवम् उत्पादन वृद्धि गरी उक्त उत्पादनको ब्रान्ड प्रवर्द्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गरिनेछ।

२.१ पशुपन्छीको उत्पादन  उत्पादकत्व वृद्धि गर्न एकीकृतरूपमा अध्ययन अनुसन्धानमा आधारित प्रविधिप्राविधिकवित्तीय तथा अन्य सेवा उपलब्ध गराउने तथा यान्त्रिकरणमा जोड दिने।

  • पशुपन्छी विशेष उत्पादन क्षेत्र’ तोकी  त्यस्ता क्षेत्रमा आवश्यक पूर्वाधारको विकास गरी उन्नतनस्ल, पशुआहारा, पशुसेवा, पशुस्वास्थ्य, सुलभऋृण, बिमा सहितको प्राविधिक सेवा प्रदान ।
  • चरन खर्कको वहन क्षमता (carrying capacity)मा अभिवृद्धि गरिने तथा हैसियत विग्रेका वनको वन संगको सहकार्यमा स्तरोन्नती गर्ने तथा बाँझो जग्गामा घाँस खेती।
  • पशुपन्छी तथा मत्स्य पालन व्यवसायलाई प्रविधियुक्त र प्रतिस्पर्धी बनाउनको लागि अनुसन्धान र विकासको पाटोमा जोडदिनका लागि नार्क, नाष्ट, विश्वविद्यालय र प्रदेश मन्त्रालय  तथा अन्तरगतका निकाय बीच समन्वय गरी उन्नत प्रविधिको प्रयोग तथा प्रसार।
  • जैविक विविधताको  संरक्षणसंवर्द्धन तथा सदुपयोग गर्दै जलवायु परिवर्तनका असरन्यूनीकरण तथा अनुकुलनका लागि अनुसन्धानमा आधारित वातावरणमैत्री (Climate Smart) प्रविधिको विकास र विस्तार ।
  • स्थानिय नश्लका पशुपन्छीहरुको अनुसन्धानमा आधारित नश्ल सुधार कार्यक्रम कार्यान्वयन गरी उत्पादन र उत्पादकत्व अभिबृद्दि गर्ने ।
  • पशुपन्छी उत्पादन साम्रगी तथा उत्पादनको गुणस्तर नियमन गर्न आवश्यक कार्यविधि, निर्देशिका र मापदण्ड तयार गरि नियमन गरिनेछ।

२.२ पशुपन्छीजन्य उत्पादनको मूल्य श्रृङ्खला सुधारबजार संरचनासूचना प्रणाली र अन्य पूर्वाधारको विकास तथा सुधार गर्ने ।

  • निजी तथा सहकारी क्षेत्रको संलग्नता बढाउँदै करार सम्झौतामा आधारित पशुपालन व्यवसायलाई प्राथमिकता दिई मूल्य श्रृङ्खला पद्धति अनुसार उत्पादनदेखि बजारीकरणसम्मका कार्यक्रमहरू एकीकृत रूपमा सञ्चालन गर्ने ।
  • सञ्चालनमा रहेका सरकारी पशुपन्छी फार्मको चुस्त प्रविधियुक्त व्यवस्थापन सहित स्तरोन्नति गर्दै लाने साथै पशुपन्छीको जात विशेष नमुना उत्पादन, तालिम, प्रशोधन र प्रदर्शन स्रोत केन्द्रहरुको विकास गरिनेछ।
  • मानव संशाधन तथा क्षमता अभिवृद्धि विकास कार्यक्रमको अवधरणा अवलम्बन गर्ने ।
  • अनुत्पादक पशुका हकमा गौशाला स्थापना गर्न सरोकारवाला संघ संस्था तथा स्थानीय तह संग सहकार्य गर्ने।

३.१ पशुपन्छी तथा मत्स्यपालन क्षेत्रमा निजीसहकारी तथा सरकारी क्षेत्रको लगानी अभिबृद्धि गर्ने।

  • पशुपन्छि तथा मत्स्यपालन क्षेत्रमा निजि, सहकारी तथा सरकारी क्षेत्रको लगानी अभिबृद्धि नीति तथा कार्यक्रम लागू गर्ने ।
  •  पशुपन्छी तथा मत्स्य पालन क्षेत्रको  विकासको लागि उन्नत वैदेशिक प्रविधि तथा लगानी भित्र्याउने आवश्यक नीति अपनाउने ।
  • स्थानीय सरकारसँग पशुपन्छि तथा मत्स्यपालन क्षेत्रको विकासको लागि उचित बजेट विनियोजन गर्नको लागि सहकार्य एवं समन्वय गर्ने ।

३.२ पशुपन्छी तथा मत्स्यपालनलाई महिलायुवा तथा सबै आर्थिकभौगोलिक र सामाजिक वर्गको स्वरोजगारको रुपमा विकास गर्न विशेष कार्यक्रमा संचालन गर्ने।

  • "प्रदेश सरकारको आह्वान, व्यवसायिक पशुपालनमा यूवा कृषकहरुको योगदान" नाराको साथ यूवाहरुलाई विदेश जानबाट रोक्ने तथा पशुपालनमा आकर्षण गर्ने विशेष कार्यक्रमको व्यवस्था गर्ने ।
  • पशुपन्छी पालनमा बढ्दो युवा तथा महिला सहभागितालाई दृष्टिगत गर्दै साना तथा व्यावसायिक युवा तथा महिलामुखी तालिम तथा स्वरोजगारमुलक कार्यक्रम सञ्चालनमा ल्याउने ।

४.१ पशुपन्छि तथा मत्स्यजन्य बस्तुहरुको उपभोगबाट हुने जनस्वास्थ्यमा हुने क्षतिको न्युनिकरण गर्ने

  • जुनोटिक तथा महामारी जन्य रोगहरुको नियन्त्रण तथा रोकथामको लागि सरोकारवालाहरुको समन्वयमा “ एक स्वास्थ्य” नीति अवलम्बन गर्ने ।
  • जुनोटिक रोगहरूको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन व्यापक जनचेतना अभिवृद्धिका लागि स्थानिय तहको साझेदारीमा प्रत्येक पालिकामा कार्यारत प्राविधिकहरुको क्षमता अभिबृद्दि गर्ने ।
  • पूर्वमा मुग्लिंग र पश्चिममा राम्दिमा पशुपंक्षि गुणस्तर नियमन चेकपोष्ट स्थापना गरिनेछ ।
  • पशुपन्छीका विद्यमान महामारीजन्य रोगहरु विरुद्द बृहत खोप कार्यक्रम संचालन गरनेछ ।

४.२ स्वस्थ्य पशुपन्छि तथा मत्स्य जन्य खाद्य बस्तुहरु उपभोक्ता सम्म पुर्याउन आवश्यक नीति बनाई स्थानीय तह सम्म लागू गर्ने।

  • स्वच्छतालाई कायम राख्न‘ बधशाला देखि भान्छा सम्म स्वच्छ र स्वस्थ मासु तथा गोठ देखि ओठ सम्म स्वच्छ र स्वस्थ दूध’ कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गर्ने।
  • पशुपन्छी तथा मत्स्यजन्य रोगहरुको रोकथाम,उपचार तथा फिड सप्लिमेन्टको रुपमा प्रयोग गरिने ‌औषधीलाई नियमन तथा व्यवस्थित गर्ने।
  • पशुपन्छी उत्पादन साम्रगी तथा उत्पादनको गुणस्तर नियमन गर्न आवश्यक कार्यविधि, निर्देशिका र मापदण्ड तयार गरी कार्यान्वयन गर्ने।